मेरो पदयात्रा
मेरो पदयात्रा
गत हप्ता हामी सूर्यविनायकदेखि गुण्डुसम्म पैदल यात्रामा गयौँ । हाम्रो यात्रा सिफलबाट सूर्यविनायकसम्म बसमा थियो । हामीले बसमा गीत गाउँदै नाच्दै रमाइलो गरेर सूर्यविनायकसम्म पुग्यौँ । बसबाट ओर्लिएर फोटो खिच्यौँ । त्यसपछि हामी पैदल हिँड्यौँ । हामी उकालो ओरालो जङ्गल हुँदै एक घण्टा हिँड्यौँ । हिँड्दा थकाइ लागेको थियो तर साथीहरू र शिक्षक शिक्षिकासँग हिँड्दा रमाइलो भयो। हामी गुण्डु पुग्यौँ । त्यहाँ पुगेर चौरमा बसेर खाजा खायौँ । हामीले फेरि सामूहिक फोटो खिच्यौँ । हामी चौरमा खेल्यौँ । हामी करिब १ बजेतिर त्यहाँबाट फेरि हिँड्दै सूर्यविनायकतिर आयौँ । बाटोमा धेरै वर्ष पहिला विमान दुर्घटना भएको ठाउँ पनि देख्यौँ । सूर्यविनायकबाट हामी स्कुलको बस चढी स्कुल आयौँ । यो यात्रा रमाइलो थियो।
0 reads
Published on 2/18/2026
Aprisha Bhusal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aprisha Bhusal
Grade 2
Roll No: 36011
14
More Articles from
Student