मेरो पुस्तक
मेरो पुस्तकमा अक्षर र चित्र छन्
पुस्तकका पानामा ह्रस्व अनि दीर्घ छन्
मेरो पुस्तक मेरो प्रिय साथी हो
सधैँ पुस्तक पढ्ने मेरो राम्रो बानी हो
पुस्तकका पानामा बाघ भालु राजा र रानी
हरेक दिन पढ्छु म झर्को नमानी
ज्ञान दिने बुद्धि दिने मेरो पुस्तक
एकदिन डाक्टर बन्छु पढेर मस्त
आऊ साथी पुस्तकको गरौँ बयान
त्यही पुस्तकले बनाउँछ हामीलाई विद्वान
0 reads
Published on 12/26/2025
Aprisha Bhusal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aprisha Bhusal
Grade 2
Roll No: 36011
14
More Articles from
Student