underline

मैले हेरेको ‘अञ्जिला’ फिल्म

Underline

Share:

मैले हेरेको ‘अञ्जिला’ फिल्म

यो जाडो बिदा अन्य वर्षको बिदाभन्दा फरक रह्यो। यस बिदामा मैले तीनवटा नेपाली फिल्म हेरेँ। तीमध्ये मलाई ‘अञ्जिला’ भन्ने बायोपिक फिल्म सबैभन्दा धेरै मन पर्‍याे । म सानी भए पनि यस फिल्मबाट धेरै महत्त्वपूर्ण कुरा सिकेँ। यो फिल्म अञ्जिला सुब्बाको वास्तविक जीवनमा आधारित छ। अञ्जिलालाई सानैदेखि फुटबल खेल्न धेरै मन पर्थ्यो। फिल्ममा उनले गरिबी, कडा अभ्यास र सामाजिक दबाबजस्ता धेरै कठिनाइहरूको सामना गरेकी देखाइएकी छन्। तर उनले कहिल्यै हार मानिनन्। उनले निरन्तर मेहनत गरिन् र आफ्नै क्षमतामाथि विश्वास राखिन्। अन्ततः उनी नेपालको उत्कृष्ट फुटबल गोलकिपर बनिन् र आफ्नो देशको नाम उज्यालो पारिन्। यस फिल्मबाट मैले धेरै राम्रो शिक्षा पाएँ। आफ्नो सपना पूरा गर्न कडा मेहनत गर्नुपर्छ। केटी र केटा दुवै समान हुन् र दुवैले आफ्नो इच्छा र मेहनतका आधारमा सफलता हासिल गर्न सक्छन्। नियमित अभ्यास, अनुशासन र आत्मविश्वासले मानिसलाई सफल बनाउँछ। मैले पनि यी राम्रा बानीहरू आफ्नो जीवनमा अपनाउने निर्णय गरेँ। यो फिल्म हेरेपछि आफूलाई धेरै भाग्यमानी महसुस भयो। अञ्जिलाजस्तै मिहिनेत र लगनका साथ अघि बढेँ भने म पनि आफ्नो सपना पूरा गर्न सक्छु।

7 reads

Published on 7/10/2026

Image

Aprisha Bhusal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aprisha Bhusal

Grade 3

Roll No: 36011

14

More Articles from

Student

Underline