मेरो पदयात्रा
मेरो पदयात्रा
गत वर्ष हामी सूर्यविनायकदेखि गुण्डुसम्म पैदल यात्रामा गयौँ। हाम्रो यात्रा विद्यालयबाट सूर्यविनायकसम्म बसमा सुरु भयो। हामीले बसमा गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै सूर्यविनायक पुग्यौँ। बसबाट ओर्लिएपछि फोटो खिच्यौँ र त्यसपछि पैदल हिँड्न थाल्यौँ। हामी उकालो, ओरालो र जङ्गलको बाटो हुँदै करिब एक घण्टा हिँड्यौँ। हिँड्दा थकाइ लागेको थियो, तर साथीहरू तथा शिक्षक शिक्षिकासँग हिँड्दा धेरै रमाइलो भयो। हामी गुण्डु पुगेर चौरमा बसेर खाजा खायौँ। त्यसपछि चौरमा विभिन्न खेल खेल्यौँ। करिब २ बजेतिर हामी फेरि हिँड्दै सूर्यविनायकतिर फर्कियौँ। बाटोमा धेरै वर्षअघि विमान दुर्घटना भएको ठाउँ पनि देख्यौँ। यो पैदल यात्रा मेरो लागि धेरै रमाइलो र अविस्मरणीय अनुभव बन्यो।
1 reads
Published on 7/30/2026
Aprisha Bhusal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aprisha Bhusal
Grade 3
Roll No: 36011
14
More Articles from
Student