underline

अनलाइन कक्षा र मेरो विद्यालय

Underline

Share:

आजको विश्व आँखाले नदेखिने सानो  भाइरस कोरोनाबाट तहसनहस बनेको छ ।  यसकारणले गर्दा  शिक्षा, स्वास्थ्य,  व्यापार लगायत आर्थिक सामाजिक सम्पूर्ण कार्यहरू ठप्प रहेका छन् ।  लामो समयसम्म लकडाउन भएका कारणले गर्दा अन्य क्षेत्रहरूभन्दा शैक्षिक क्षेत्र त अझै ठप्प हुन पुग्यो ।  धेरै विद्यालयहरूले शैक्षिक क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले  अनलाइन कक्षा सुरुवात गरे  तर हाम्रो देशको अव्यवस्थित नीतिका कारण सरकारले अनलाइन कक्षालाई बन्द गरिदियो ।  हाम्रो विद्यालय मात्र यस्ताे विद्यालय बन्यो जसले सरकारले भनेका कुराहरूलाई वेवास्ता गर्दै  विद्यार्थीहरूको शैक्षिक भविष्यलाई मध्यनजर गरी पठनपाठन कार्यलाई सुरुवात‍ गर्‍याे ।  वैशाख १५ गते हाम्रो विद्यालयको वार्षिक पात्रोअनुसार विद्यालय सुचारु हुने दिन थियो ।  सोही बमोजिम वैशाख १५ गतेदेखि नै हाम्रो विद्यालयले अनलाइन कक्षा सुरु गर्‍याे ।

विद्यालयले गरिको अनलाइन कक्षा भरपर्दो राम्रो छ । हामीले कक्षामा पढ्छाैँ र पढेका कुराहरूको पुनरावृत्तिका लागि शिक्षकहरूले हामीलाई गुगल कक्षामा गृहकार्य  दिनुहुन्छ र परीक्षण गरेर अङ्क पनि दिनुहुन्छ  तर सबै विद्यार्थीमा मेरै लागि पढ्ने  हो भन्ने बुद्धि तँ कहाँ हुँदोरहेछ र ?  कतिपय मेरा साथीहरू कक्षा लिने बहानामा ल्यापटप वा मोबाइलमा खेल्ने अथवा भिडियो हेरेर समय बर्बाद गर्ने गरेको हामीले थाहा पाएका छौं ।  गृहकार्य गर्ने निहुमा धेरै समयसम्म ल्यापटप अर्थात मोबाइलमा व्यस्त रहेर गृहकार्य नगरी कक्षामा उपस्थित भएका छन् ।  हाम्रा विद्यार्थी साथीहरूले यसो गर्नु  भनेकाे  आफ्नै भविष्य बर्बाद गर्नु हो ।  अनलाइन कक्षाका फाइदा र बेफाइदाहरू दुवै छन् ।  यसको फाइदाको कुरा गर्नुपर्दा  विद्यालय जान नपाएर आफ्नो जीवन नै सङ्कटमा परेको स्थितिमा घरमै बसेर  सिक्न पाउनु हो  तर यसका बेफाइदाहरू पनि धेरै छन् ।  इन्टरनेट जाने, बत्ती जाने,  कहिलेकाहीँ शिक्षकले नै बोलेको नसुनिने, कक्षामा जोडिन कठिन हुने, विद्यार्थीहरू पढ्ने बहानामा अधिकांश समय विद्युतीय उपकरणमा खेलेर बस्ने र पढाइमा ध्यान नदिने आदि हुन्  तर विद्यार्थी स्वयंले  आफ्नो भविष्यलाई  ख्याल गरी ध्यान दिने हाे भने  भने यसका राम्रा पक्षहरू नै धेरै छन् ।

मेरो विचारमा अनलाइनमार्फत शिक्षा लिनुभन्दा विद्यालय नै गएर प्रत्यक्षरुपमा शिक्षा लिँदा धेरै बुझिने र फाइदा हुने गर्छ । विद्यालय जाँदा गएर साथीहरूसँग पनि खेल्न पाइन्छ । खेलको माध्यमबाट पढ्न पाइन्छ । साथै विद्यालयमा पढ्दा धेरै घन्टीहरू पनि  पढ्न पाइन्छ अनलाइनमार्फत शिक्षा लिँदा केही समय मात्र लिने हुँदा सबै कुराहरू सिक्न पनि कठिन हुने रहेछ तर आजको यस्तो कठिन परिस्थितिमा घरमै बसेर शिक्षा लिन पाउनु हामीले भाग्य ठान्नुपर्दछ । हामीले घरमै बसेर लिन पाएको यस्तो शिक्षालाई  सही रूपमा लिएर अगाडि बढेमा  पक्कै पनि यसले राम्रो गति लिनेछ ।  यस्तो कठिन परिस्थितिमा पनि विद्यालयले हामी विद्यार्थीहरूप्रति गरेको  राम्राे  प्रयासलाई धन्यवाद दिनुपर्छ ।

0 reads

Published on 12/1/2020

Image

Pratik Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pratik Dangol

Grade 6

Roll No: 27009

16

More Articles from

Student

Underline