मित्रता
मित्रता भनेको यस्तो सम्बन्ध हो जुन हाम्रो परिवार वा अरूले बनाउने हाेइन। मित्र भनेको आफूले नै बनाउने हो। एउटा राम्रो मित्रले दुख सुख सबै बेलामा साथ दिन्छन्। त्यसैले मित्रलाई हामीले साथी पनि भन्छाैँ । एउटा राम्रो साथीले हाम्रो लागि गाली खान्छ वा झुट पनि बोल्छ। हामीले धेरै साथी बनाउछौँ। हामीले मित्रता अर्थात् साथीहरू स्कुल, घर जता पनि बनाउन सक्छौँ। हामीले धेरै साथीहरू बनाउछौँ, धेरै जना आउँछन् जान्छन् तर जुन साथी सधैँको लागि हुन्छ त्यो सबैभन्दा राम्रो हुन्छ। साथीहरूसँग हामी खेल्छौ, रमाइलो गर्छौ। साथीहरूसँग हामी रमाइलो गर्दा हामी आफ्ना सबै दुखहरू बिर्सिन्छौँ । साथीहरूले जिवनमा हामीलाई मदत गर्छन्। साथीबिना हाम्रो जीवन अधुरो छ । मित्रतामा हाम्रो झगडा हुन्छ, एक अर्कासग बाेल्दैनाैँ तर कही समय वा दिनपछि एक अर्कासग माफी मागेर फरि मित्र बन्छाै। यो बाल्यकालमा हाम्रो जीवन साथीहरूसगँ रमाइलो गर्दै बिताउनुपर्छ।एउटा साथी हामीभन्दा जति टाढा गएपनि सधैँ साथी हुन्छौ। हाम्रो जीवन बित्दै जान्छ, हामी बढ्दै जान्छौँ त्यस सँगसँगै साथीहरू पनि हराउँदै जान्छन। कोही साथीको जीवनभरि याद आउँछ भने धेरैलाइ बिर्सँदै जान्छौं। यो हाम्रो जीवनको नियम हो। सबै साथी जीवनभरि हामीसगँ हुदैनन् । मित्रता भन्ने कुरा हाम्राे व्यवहारमा पनि भर पर्ने कुरा हाे । असल काम वा व्यवहारले असल मित्रकाे जन्म हुने हुँदा हामीले सबैप्रति असल व्यवहार गर्नुपर्छ ।
0 reads
Published on 2/8/2021
Pratik Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratik Dangol
Grade 6
Roll No: 27009
16
More Articles from
Student