underline

काठमाडौँ

Underline

Share:

मेरो प्यारो सहर हो काठमाडौँ

सपनाहरू छन् यहाँ हजारौँ।

इतिहास बोकेको सहर हो काठमाडौँ

मठ मन्दिर छन् यहाँ हजारौँ।

नेवारी इतिहास अनेकौँ छन् सहरमा

जात्रा र पर्व देखिन्छन् गल्ली गल्लीमा।

धिमे बाजा सुनिन्छ यहाँ,

झल्किन्छ हाम्रो गौरव अझ यहाँ।

बग्छ बागमती, बग्छ विष्णुमती,

जोड्छन सहरका गल्लीहरू एकअर्कासँगै।

हरियालीसँग सजिन्छ उपत्यका सुन्दर,

यहाँको हावा दिन्छ शान्तिको सन्देश।

धरहरा ढलेर उठेको छ फेरी,

पर्यटन बढ्ने छ फेरि सबले हेरी।

सहर हाम्रो स्तुपाको खानी,

छन् यहाँ सबै शान्तिप्रेमी।

शिक्षा, कला, आन्दोलन र गीत,

यहीँबाट उठ्छन हजारौँ नीतिहरूको मित।

भोलिको काठमाडौँ हामीमा निर्भर,

नयाँ सोच, नयाँ बानी आवश्यक छ यहाँ।

0 reads

Published on 8/27/2025

Image

Pratik Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pratik Dangol

Grade 11

Roll No: 27009

16

More Articles from

Student

Underline