underline

प्रकृतिप्रेम

Underline

Share:

प्रकृतिप्रेम

हरिया वनका शीतल छायाँ,

मनमा भरिदिन्छन् मिठा माया,

कलकल बग्ने निर्मल खोला,

प्रकृतिले दिन्छे सुखको झोला ।

हरिया फाँट र सुनौलो बाली,

प्रकृतिले सजाएकी धरती प्यारी,

घाम, जून र ताराका झिलिमिली,

जीवनभरि रहन्छन् साथी मिली ।

रुख रोपौँ, वन जोगाऔँ,

हरियालीले धरती सजाऔँ,

प्रकृतिमाथि प्रेम बढाऔँ,

सुन्दर भविष्य सँगै बनाऔँ ।

नदी, ताल र झरना स्वच्छ राखौँ,

प्रदूषणबाट वातावरण बचाऔँ,

प्रकृतिको रक्षा हाम्रो कर्तव्य,

यसैमा छ जीवनको महत्त्व ।

प्रकृतिको यो अनुपम उपहार,

जोगाउनु हामी सबैको जिम्मेवार,

स्वच्छ र हराभरा संसार बनाऔँ,

प्रकृतिप्रेमको सन्देश फैलाऔँ ।

0 reads

Published on 6/25/2026

Image

Subhaya Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Subhaya Shrestha

Grade 10

Roll No: 29035

12

More Articles from

Student

Underline