वातावरण
हाम्राे वरपर रहेका हावा, पानी, भूमि, रूख, पन्छी वा सम्पूर्ण सजीव र निर्जीव वस्तुहरूकाे समग्र रूपलाई वातावरण भनिन्छ । वातावरणमा भर परेर बाँच्ने सम्पूर्ण जीवजन्तुहरूलाई यसमा थाेरै मात्र तलमाथि पर्नाले ठुलै असर पार्दछ । मानिस विवेकशील प्राणी हाे तर अहिले मानिसहरूकै कारणले वातावरणमा नराम्राे असर पारिरहेकाे छ । रूखविरूवा काट्ने, वातावरण दूषित पार्ने , खेतीयाेग्य जमिनमा घर बनाउने, खेतमा युरिया र किटनाशक औषधीकाे प्रयाेग गर्ने काम तीब्र गतिमा भएकाे छ । यसले वातावरणमा प्रत्यक्ष्य असर पारेकाे छ । दिनहुँ वनजङ्गल फडानी भएका कारण कतिपय जीवजन्तु र पशुपन्छी लाेप हुने अवस्थामा पुगेका छन् । यी सबै कार्यले वातावरणलाई नराम्राे असर पारेकाे छ ।यसरी वातावरण विनाश हुनबाट राेक्नका लागि मानिस आफैँ सचेत हुनुपर्छ र आजैबाट वातावरण जाेगाउन कम्मर कस्नुपर्छ ।
0 reads
Published on 1/18/2022
Subhaya Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Subhaya Shrestha
Grade 5
Roll No: 29035
12
More Articles from
Student