underline

जाग न जाग आज तिमी जाग

Underline

Share:

जाग विद्यार्थी आऊ अगाडि लम्क

सबैभन्दा ठुलो तारा बनेर सगरमा चम्क

भत्किएका घरहरूमा खम्बा गाड्नुपर्छ

विषालु अन्धविश्वासलाई ताेड्नुपर्छ।

महाकाली, गण्डकी जस्ता नदी पनि बेचिन्छन्

भोका नागरिकहरू आकाशमुनि लड्छन्

एउटाले अर्काेमाथि गोली र बम फाल्छन्

त्यसैले बुद्धका आँखाहरू रसाई रहन्छन् ।

धनीले गरिबको रगत पसिना चुस्दै छन्

भ्रष्टाचारी नेताहरूको हालत पनि त्यस्तै छ

अन्याय र भ्रष्टाचार  एकदमै धेरै भइसक्यो

नेपाली आमाको चोली धुजाधुजा भई फाटिसक्यो ।

हातेमालो गर विद्यार्थी सुन्दर नेपाल  हेर्नलाई

नेपाल आमाको फाटिएको चोली फेर्नलाई

जाग विद्यार्थी आऊ अगाडि लम्क

सबभन्दा ठुलो तारा बनेर सगरमा चम्क ।

0 reads

Published on 5/8/2024

Image

Subhaya Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Subhaya Shrestha

Grade 8

Roll No: 29035

12

More Articles from

Student

Underline