स्वर्गका अप्सरा
मन नै लोभ्याउने तिम्रो त्यो छवि
स्वर्गका अप्सराझैँ देखिन्छौ तिमी
तिम्रा सामु ती तारागण सारा निकम्मा
अन्धकारले पनि ढाक्न नसक्ने चमक तिमी।
प्रश्नले सताउँछन् यो मनलाई जब
आउँछौ मेरो नजिक तिमी
मन हल्का भए जसो महसुस गर्छ तब
सारा दुःख पीडा लैजान्छौ तिमी ।
त्रासका बादल मडारिन्छन् वरिपरि
ती बादल छिचाेली आउँछौ तिमी
डरको बबन्डर गर्जन्छ मनैभरि
मौनताको शान्ति बनी आउँछौ तिमी ।
हाँसो तिम्रो कालरात्रीको दीपझैँ
अँगालो तिम्रो पुस माघको न्यानो घाम
बोली तिम्रो कोइली भन्दा मिठो
त्रिलोकमा सर्वसौन्दर्य तिम्रो नाम ।
ठक्कर खाई भट्केको आत्मा म
यो पिञ्जराको एकमात्र घर तिमी
कुनै समयमा मेरो शरीरमा बल नपुगे पनि
सदैव मेरो लौरो बन्ने मेरो सहरा तिमी।
3 reads
Published on 9/7/2026
Subhaya Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Subhaya Shrestha
Grade 10
Roll No: 29035
12
More Articles from
Student