स्वास्थ्य
स्वास्थ्य नै मानिसको धन हो । हाम्रो स्वास्थ्य राम्रो छ भने मात्र रमाइलोसँग बाँच्न सक्छौँ । स्वस्थ शरीरसँगै स्वस्थ दिमागले हाम्रो दैनिक जीवन सहज हुन्छ । स्वास्थ्य आजको समयमा सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय हो । व्यस्त जीवन शैलीले गर्दा धेरै जनाले आफ्नो स्वास्थ्यलाई ध्यान दिएको पाइँदैन । त्यसैले त सानै उमेरमा धेरै मानिस रोगी छन् । खानामा सन्तुलित आहार खाएर नियमित व्यायाम गर्याे भने हामी त्यसै स्वस्थ हुन्छौँ । त्यसैले आज देखि नै हामीले बजारको खाना बन्द गर्नुपर्छ । यसले हाम्रो स्वास्थ्य बिगार्छ । सन्तुलित आहार र कसरतलाई आफ्नो दैनिकी बनाई आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्छ ।
2 reads
Published on 2/12/2026
Diwit Raj Sharma is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Diwit Raj Sharma
Grade 4
Roll No: 34009
17
More Articles from
Student