नेपाली हामी
नेपाल हाम्रो सुन्दर राष्ट्र लुकाउनु के छ र ?
चन्द्र र सूर्य चम्किरहन्छन्, डराउनु किन र ?
हाँस्दै छन् सबै मिलीजुली, हात समाई,
नेपालकै कारण बनेका हौँ नेपाली हामी ।
पृथ्वीनारायणले जोडेको यो पवित्र भूमि,
विविध जाति र संस्कृतिले सजिएको यो भूमि।
एकअर्काको संस्कृतिलाई माया गर्छौँ हामी,
भेदभाव बिर्सी अघि बढ्छौँ नेपाली हामी।
वीर थिए पुर्खा हाम्रा, कहिल्यै पछि हटेनन्,
देशका लागि रगत बगाए, कहिल्यै डराएनन्।
पूर्वमा टिस्टादेखि पश्चिम रावीको किनारसम्म,
देशको रक्षाका लागि लडे वीरताका साथ हरदम।
हामी नेपाली पनि अब अघि बढ्नेछौँ,
आफ्ना वीर पुर्खाको बिँडो थाम्नेछौँ।
भ्रष्टाचार र विकृतिलाई जरैदेखि हटाउनेछौँ,
नेपाललाई समृद्ध र सुन्दर बनाउनेछौँ।
सूर्य उदाएझैँ नेपाल पनि चम्कनेछ,
चन्द्रमाले आशा दिएझैँ उज्यालो छर्नेछ।
हिमालझैँ अटल हाम्रो साहस रहनेछ,
विश्वमाझ सधैँ नेपाल नेपालीकै सान बन्नेछ।
8 reads
Published on 9/2/2026
Aakancha is a student at Deerwalk Sifal School who loves exploring diverse topics and has a keen interest in music and travels.
Aakanchha Kharel
Grade 12
Roll No: 27075
13
More Articles from
Student
