underline

हाम्रो अधुरो कथा

Underline

Share:

हाम्रो अधुरो कथा

हावाले तिमीलाई लगेछ प्रिय,

मेरो मनले तिमीलाई बिर्सदै गएछ,

सुखमा तिमी सँग हुन पाए मैले

तर दु:खले तिमीलाई बगाएछ,

जति खोज्दै जान्छु तिमीलाई

त्यति टाढिएको महसुस गर्छु,

भगवानले लगेछन सानैमा उसलाई भन्छन सबैले,

तर मेरो हातले तिमीलाई छोड्न नसकेको भविष्य देख्छु,

माया गर्थे मैले मृत्युमा पनि साथ दिन्छु भनेकै थिए,

के गर्नु मेरी प्रिय, स्वर्ग र पातालको बिचमा,

म नै फसेछु, म नै फसेछु ।

पाँच बर्ष भइसकेछ तिमीले यो संसार छाडेको, माया । इच्छा थियो कि तिमीसँगै बुढेसकालमा प्रवेश गर्छु तर भगवानले अर्कै भविष्य कोरेका रहेछन । यति वर्ष बिते पनि, म तिमी बिना कसरी बाँच्न सक्छु भन्ने प्रश्न मेरो मनले गरिरहेकाे छ । तिमी बाँचेको भए हाम्री छोरी पनि पाँच वर्षकी हुने थिई। यदी तिम्रो सट्टामा म मरेको भए, के तिम्रो मुस्कानले सबैको दिन खुसीले भरिपूर्ण हुन्थ्यो ? के हाम्री छोरीले यो विश्व देख्न सक्थिन् ?

“आकाश ! अहिलेसम्म आफ्नी प्रियको सम्झनामै छौ जस्तो छ । आमा बोल्नु हुन्छ रे । लेउ ।” आकृतिले भनिन् ।

आकृति सानैदेखि यस्तै थिई। मेरी मायाले यो संसार छाडेर जाँदा पनि उसले भने मरो साथ छोडेकी थिइन । मायाको मृत्युले ममाथि पारेको प्रभावकाे जानकार ऊ नै थिई।

“हजुर भन्नु न आमा । आज किन मसँग नै कुरा गर्नुपरेको ?”

“हेर न बाबु, तिम्री बहिनीले विवाह नै नगर्ने भन्छे । २७ वर्षकी भइसकी तर पनि बुद्धि बच्चा जस्तै छ । ”आमाले सुनाइन् ।

“हैन आमा, विवाह गर्न हतार गर्नुहुँदैन । गर्ने इन्छा छ भने गर्छे नत्र गर्दिन । हैन र आकृति ?”

“तिमीहरू बच्चैदेखि यस्तै छौ । आफ्नी आमालाई न त एउटा राम्रो ज्वाइँ न त राम्री बुहारी खोज्न सक्यौ ।”

आमाले यो भनेको सुन्दा मेरो मन कटक्क खायो । माया, मलाई केवल तिम्रै यादले फेरी सताउन थाल्यो । मायाउनकी बुहारी थिई तर आमाले भने उसलाई कहिले मन पराइनन् । अझै वर्तमानमा त माया भन्ने कोही व्यक्तिसँग नभेटेको जस्तो व्यवहार गर्छिन् । आकृतिले आमाले भनेको कुरा सुनी जस्तो लाग्यो । मेरो हातमा भएको फोन हत्तपत्त लिईर अर्को कोठामा गएर आमासँग बोल्न थाली । करिब १० मिनेटसम्म आमा र आकृति बिच झगडा चलेको आवाज मात्र आयो र त्यसपछि फोन काटियाे ।

“हैन आमालाईसमय-समयमा के हुन्छ ? तिमी ठिक छौ, आकाश ? ” भन्दै आकृतिले मलाई अङ्गाली ।

आज माया र मेरो नजन्मिएको छोरीको निधन भएको पाँचौँ वर्ष पुगेकाे थियो । हरेक वर्ष, म यही दिनमा रुन्थेँ र कराउथेँ र यो वर्षमा पनि मैले रोएर बिताएँ, जुन कुरा मायालाई राम्रो लागेकाे थिएन । त्यसैले म हामीले पहिले पढेको विद्यालयमा गएँ जँहा मेरो र मायाको भेट ११ कक्षामा भएको थियो । ऊ मसँग धेरै बोल्दिनँ थिई तर एक दिन एउटा घटना घट्याे ।

मेरो साथी र म बिच एउटा सानो कुरामा झगडा परिरहेको थियो । एउटा सानो कुरालाई ठुलाे निउ बनाँउदा बनाँउदै हामी बिच हात हालाहाल हुन थाल्यो । मायाले हाम्रो झगडा रोक्न खोज्दा, गल्तीले मैले उसलाई हानेछु । त्यसपछि मायाको आँखामा आसु भरिएको देखेर मलाई अति नरमाइलो लागेको थियो । यति नराम्रो महसुस भयो कि म हरेक दिन मायालाई माफी माग्ने गर्थे र साथै चक्लेट पनि दिने गर्थे । यो दैनिक रुपमा एक महिना सम्म चलेको थियो । “भयो अब! कति माफी माग्छौ” भनेर मायाले मलाई एक दिन गाली नै गरी । त्यो दिन पछि हामी कहिल्यै छुटेका थिएनौंँ।

विद्यालयमा पुगेपछि मैले राेजिना म्यामलाई भेटेँ । उहाँले हामीलाई जहिले माया गर्नुहुन्थ्यो र हामीले जस्तो उटपट्याङ काम गरे पनि राम्ररी सम्झाउनुहुन्थ्यो ।

“आँहा! आज कुन दिन हो र ? आकाश बल्ल विद्यालय फिर्ता आएछ? ” राेजिना म्यामले हाँम्स्दै भनिन् ।

“मर्निङ म्याम, यतिकै आएको नि । मेरो बाल्यकालमा एक पल्ट फेरि फर्कन पाउँछु कि भन्ने आशा बोकेर आएको । ”आकाशले भने

“त्यसो पो! आउ त्यसो भए ।” म्यामले खुसीका साथ भन्नुभयो ।

मैले हाम्रो पुरानो कक्षा, म र मेरा साथीहरू चढने बुढो रुख र माया र म बस्ने टेबुल सबै देखेर बिगतमा भएका सबै कुरा सम्झन थालेँ । आँखाबाट आसु झर्यो र मायाले गर्ने चन्चले कुराको याद पनि आयो । कक्षा कोठा हेर्दै जाँदा मायाले टेबुलमा कोरेको कुरा अहिलेसम्म रहेको देखेँ । त्यतिबेला मायाले यो कोर्दा “हेर आकाश, हामीले यो ठाँउ छाडे पनि हाम्रो नाम हरेक कक्षाले त याद गर्नु पर्‍याे नि!” भनेको थियो । हामी सबै साना भएर पनि होला, त्यो बेला उसले भनेको कुरा अति अद्भूत लागेको थियो । अहिले सोच्दा चाँहि हासो उठ्छ । माया, यदि तिमी यहाँ भएको भए हामीले हाम्री छोरीलाई पनि यही विद्यालयमा हाल्ने थियौँ होला ।

उसले पनि राेजिना म्यामसँग पढ्ने मौका पाउने थिई कि ?यस्तै कुराले मेरो मन ओगट्यो ।

“ मायालाई सम्झन थाल्यौ जस्तो छ ।” म्यामले भन्नुभयो ।

“तिमीहरू सानैदेखि सँगै हुन्थ्यौ । माया बितेको पाँच वर्ष भयो हैन र? त्यसैले आज यहाँ आएका हौ जस्तो छ ”

“मायाको यादले मलाई सताइरहन्छ । हरेक वर्ष रुँम्दै बिताए । मायाले मलाई त्यो स्थितिमा देखेको भए धेरै गाली गर्थी । त्यसैले हामी पहिलो पटक भेटेको ठाँउमा आउन मन लाग्यो । ”

“जीवन भनेको यस्तै हो, आकाश । अन्तिममा सबैले यो धर्ती छोड्नैपर्छ । त्यसैले हामीले कम्तीमा उनीहरूको आत्माले शान्ति पाओस भन्ने कामना मात्र गर्न सक्छौँ ।”

उहाँले भनेको कुरा सुनेर मैले सोचेँ कि मायाको आत्माले शान्ति पायो होला त ? कि मेरै दु:खले उसलाई बाधेर राखेको छ ?

“अब मेरो जाने समय आएछ, म्याम । हजुरलाई भेटेर अति नै रमाइलो लाग्यो ।” यति भन्दै मैले आफ्नो याद ताजा गरेर विद्यालयबाट निस्किएँ । करिब १ घण्टासम्म लापता भए झैँ म हिँड्दै गए । हेर्दा-हेर्दै म मायाको चिहानसम्म पुगेछु । मायाको नाम त्यो चिहानमा देखेर मेरो मन कटक्क भयो । म एक्लै बर्बराउन पुगेछु, “तिमी बितेको पहिलो वर्ष म पनि तिमीसँगै पुग्ने प्रयास गरेको थिएँ । दु:खका साथ त्यो सफल भएन । अब सोच्दा म मुर्ख रहेछु जस्तो लाग्छ । तिम्रो मृत्युले ममाथि पारेको बज्रपात ठुलो थियो । यदि म पनि मरेको भए हाम्रो परिवारमाथि पनि नकरात्मक प्रभाव पर्थ्यो होला । म मेरो परिवारलाई त्यो स्थितिमा परेको सोच्नसम्म पनि सक्दिनँ ।”

“माया, मेरो प्यारी माया” भन्दा भन्दै मेरो आँखाबाट झर्ना झैँ आसुँ झरिरहे छन् । तिम्रो यादले मलाई अति सताएकाे छ ।”

“माया, आज तिमी बितेको पाँचौ वर्ष भयो । अहिलेसम्म म तिमी बिना बाँचिरहेको छु । हरेक समय म आफैँलाई सोध्छु, म कसरी बाँच्न सकेँ भनेर ..... तिमी मेरो भूत-वर्तमान-भविष्य सबै थियौ तर अब तिमी मेरो अँगालोमा छैनौँ । तिमीले मेरो नाम पुकार्दैिनाै तर म के गरूँ ? समय त रोकिने रहेन छ । ”

यति भन्दै मेरा हात काप्न थाले ।

“माया, मैले आज एक निर्णय लिएको छु । म दोस्रो विवाह गर्दिनँ । म तिम्रै यादमा आफ्नो जीवन बिताउछु तर पहिले जस्तै कमजाेर हुने छैन । अबदेखि हरेक वर्ष म तिमीलाई खुसी बनाउने प्रयास गर्छु । तिम्रो आत्माले शान्ति पाओस् भन्ने प्रार्थना गर्छु र भगवानले दिए तिमीलाई चाडै भेट्ने छु । के तिमी मेरो पर्खाइमा बस्छ्याै, मेरी प्रिय ?” .......

चन्द्रमा र सूर्य एक दिन भेट्ने छन्

तिमी र म मिलेर अर्को जुनी बाच्ने छौँ,

तिम्रो यादले मलाई सताए झैंँ

यो धर्तीले हाम्रो माया देखेर रोओस्,

हामी बिनाको जिन्दगी खल्लो,

र हाम्रो प्रेमले, स्वर्ग बनाओस्,

मेरी माया तिमी,

कहिले नरिसाइ फूल झैंँ मग्मगाउनु,

म आउने छु तिमीसँग,

मलाई पर्खेर बस्नु,

मलाई पर्खेर बस्नु ।

9 reads

Published on 3/22/2026

Image

Aakancha is a student at Deerwalk Sifal School who loves exploring diverse topics and has a keen interest in music and travels.

Aakanchha Kharel

Grade 11

Roll No: 27075

11

More Articles from

Student

Underline