नेपाल हाम्राे
नेपाल हाम्रो सुन्दर राष्ट्र, लुकाउनु के छ र ?
चन्द्र र सूर्य अस्ताउदैनन् डराउनु किन र ?
हाँस्दै छन् सबै मिलीजुली हात समाई,
नेपालले गर्दा बनेका हामी नेपाली सबै ॥
पृथ्वीनारायणले गर्दा जोडिएको यो भूमि,
संस्कृति र जातले गर्दा बनेका हौँ हामी,
एकअर्काको संस्कृतिलाई माया गर्छन् सबैले,
गर्दैनन् भेद्भाव यो राष्ट्रमा नेपाली कसैले ॥
वीर थिए पुर्खा हामी सबैका, पछि हटेनन्,
देशका लागि बगाए रगत, कहिले डराएनन्,
पूर्व टिस्टा, पश्चिम राबीकै लागि लडेका,
देशको प्रगतिका लागि ज्यान गुमाएका ॥
हामी नेपाली पनि अब अघि बढ्ने छौँ,
आफ्ना वीरपुर्खाकाे बिँडो थाम्ने छौँ,
भ्रष्टचारी सबैलाई हटाउन खोज्ने छौँ,
नेपाललाई पहिले जस्तै अद्भूत बनाउने छौँ ॥
सूर्य उधाए जस्तै नेपाल चम्कने छ,
चन्द्रले आशा दिए झैँ नेपालले सबलाई खुसी राख्नने छ ॥
1 reads
Published on 10/27/2025
Aakancha is a student at Deerwalk Sifal School who loves exploring diverse topics and has a keen interest in music and travels.
Aakanchha Kharel
Grade 11
Roll No: 27075
5