underline

म र मेराे परिचय

Underline

Share:

मेराे नाम राजश्री श्रेष्ठ हाे । म कक्षा ७ मा पढ्छु । मेराे स्कुलकाे नाम डियरवाल्क सिफल स्कुल हाे । मलाई खेल खेल्न असाध्यै मनपर्छ । पढाइका अतिरिक्त अन्य क्षेत्रहरूमा सहभागी हुन हामीलाई विद्यालयले प्रेरित गरेकाे छ । मलाई विद्यालयका साथीहरूसँग खेल्न पाउँदा असाध्यै रमाइलाे लाग्छ । मेराे विद्यालयमा शिक्षकहरू असल र मायालु हुनुहुन्छ । मेराे विद्यालयमा उपयुक्त किसिमकाे सिक्ने वातावरण छ ।

मेरा बाबाकाे नाम कुन्दन श्रेष्ठ हाे भने मेरी आमाकाे नाम राजेश्वरी श्रेष्ठ हाे । मेराे एउटा भाइ छ । मेराे भाइकाे नाम काइरभ हाे । म ११ वर्षकी भएँ । मसँग एउटा सानाे कुकुर छ । त्यसकाे नाम लियाे हाे । लियाे धेरै चकचके छ । लियाे असाध्यै राम्राे छ । लियाे चकचके पनि छ । लियाे हामी सबैसँग खेल्न आउँछ । मलाई लियाेसँग खेल्न असाध्यै मन पर्छ । लियाेलाई हामीले हात माग्याैँ भने हात दिन्छ । मेरी आमाले म र मेराे भाइलाई असाध्यै माया गर्नुहुन्छ । मेराे परिवारमा म, आमा,बुबा,भाइ,ठुलाेबा, ठुलीआमा, हजुरआमा गरी जम्मा आठ जना सदस्य छाैँ । मेराे बाबा एक सफल व्यवसायी हुनुहुन्छ । म मेराे परिवारसँग असाध्यै खुसी छु ।

विद्यालयमा मेरा साथीहरू धेरै छन् । मैले साथीहरूकाे महत्त्व राम्ररी बुझेकाे छु । हाम्राे जीवनमा साथीकाे धेरै महत्त्व हुन्छ ।

1 reads

Published on 9/8/2026

Image

Rajshree Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rajshree Shrestha

Grade 7

Roll No: 32050

15

More Articles from

Student

Underline