तिहार
तिहार
तिहार नेपालकाे दाेस्राे ठुलाे चाड हाे । तिहारला यमपञ्चक पनि भनिन्छ। तिहार पाँच दिनसम्म मनाइन्छ । तिहारमा घरघरमा रङ्गाेली बनाएर दियाेहरू बालिन्छ । तिहार पर्वाले दाजुभाइ र दिदीबहिनीबिच सम्बन्ध गाढा बनाउँछ । तिहारकाे पहिलाे दिन काग तिहारमा कागलाई भाेकै नराखी कागलाई खाने कुरा खान दिइन्छ । कुकुर तिहारका दिन कुकुरलाई टीका माला लागाइ दिएर मिठा मिठा खानेकुरा खान दिन्छाैँ । लक्ष्मी पूजाकाे दिन लक्ष्मीलाई पूजा गरिन्छ । धनकी देवी लक्ष्मी मातालाई बाेलाउने गरिन्छ । तिहारकाे अन्तिम दिन भाइटिकाकाे दिन दिदीबहिनीले आफ्ना दाजुभाइकाे दीर्घायुकाे, स्वास्थ्य र सफलताकाे कामना गर्दै माला लगाइ दिन्छन् । तिहारलाई श्रद्धा, माया र आपसी सम्मानकाे पर्व भनिन्छ ।
0 reads
Published on 12/30/2025
Rajshree Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rajshree Shrestha
Grade 6
Roll No: 32050
15
More Articles from
Student
