पोखराको भ्रमण
कक्षा चारकाे वार्षिक परीक्षा सकिएपछि म र मेरो परिवार तीन दिनको लागि पोखरा भ्रमणमा निस्कियौँ । हामी शुक्रबारको दिन बिहान ६ बजे गाडी चढ्यौँ । बाटो ठाउँ ठाउँमा बिग्रिएको रहेछ । त्यसैले गर्दा दिउँसो ३ बजे मात्रै हामी पोखरा पुग्यौँ । पोखरा जाँदा बाटोमा खाजा खाना पनि खायौँ । मैले गाडीभित्रबाट वरिपरिका दृश्यहरू हेरेकी थिएँ । त्यस समयमा नदी, झरना र वनजङ्गल देख्दा म निकै रमाएकी थिएँ । पोखरामा पुगेर हामी एउटा होटलमा बस्यौँ । हातमुख धोएर फ्रेस भयौँ । त्यही बसेर चिया नास्ता पनि खायौँ । त्यसपछि हामी स्तुपा घुम्न गयौँ । स्तुपा घुम्न पाउँदा धेरै रमायौँ । हामीले त्यहाँ फाेटाे र भिडियो खिच्यौँ । त्यसपछि हामी पुम्दीकोट घुम्न गयौँ ।पुम्दीकोट निकै उचाइमा रहेछ । त्यहाँ पुग्नको लागि बाटो निकै घुमाउरो थियो । त्यहाँ ठुलो शिवको मूर्ति रहेछ । हामीले भगवान शिवको दर्शन गर्याैँ । केही समय हामीले त्यही बितायौँ । फर्किँदा रात परिसकेको थियो । केही समय फेवाताल घुम्यौँ । त्यसपछि होटलमा आइ खाना खाएर सुत्यौँ । भोलिपल्ट बिहान उठेर सराङकोट, बिन्दबासिनी मन्दिर, गुप्तेश्वर गुफा, पाताले छाँगाे, महेन्द्र गुफा, चमेरे गुफा लगायत धेरै ठाउँहरू घुम्यौँ । चमेरे गुफाबाहिर घोडा चढेर रमाइलो गर्याैँ । त्यसपछि हामीले फेवातालकाे डुङ्गामा बसेर तालबाराही मन्दिरको दर्शन गर्याैँ । त्यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमाल देखिँदाे रहेछ । दिनभरि हामीले निकै रमाइलो गर्याैँ । होटलमा पुग्दा राति भइसकेकाे थियाे । खाना खाएर सुतिहाल्याैँ । बिहान उठेर बेगनास ताल गयौँ । बेगनास ताल निकै ठुलो र राम्रो रहेछ । केही समय हामीले त्यही बितायौँ । त्यसपछि हामी मनकामना मन्दिर दर्शन गर्न हिँड्यौँ । बाटोमा गीत गाउँदै रमाइलो गर्दै मनकामना जानको लागि केबल कारमा चढ्ने ठाउँमा आइपुग्याैँ । केबल कारमा चढेकाे लगभग १० मिनेटपछि हामी मनकामना मन्दिरमा पुग्यौँ । त्यसपछि मनकामना मन्दिरको दर्शन गर्याैँ । त्यही खाना खाएर साँझ हामी काठमाडौँ फर्कियौँ । यसरी तीन दिने पोखरा भ्रमण मेरो लागि अविस्मरणीय रह्यो ।
0 reads
Published on 11/27/2024
Rajshree Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rajshree Shrestha
Grade 5
Roll No: 32050
15
More Articles from
Student
