underline

मेराे साथी

Underline

Share:

मेरा धेरै साथीहरू छन् । त्यसमध्ये पनि मेरा मिल्ने साथीको नाम आरुषी र कारा हाे । उनीहरू धेरै सहयोगी छन् । हामी तीन जना खुब मिल्छाैँ । हामी खेल्ने समयमा खेल्छाैँ र पढ्दा निकै ध्यान दिएर पढ्छाैँ । मेरा साथीहरू गुरु गुरुआमाले भनेकाे खुरुखुरु मान्छन् । मसँग उनीहरू खेल्छन् । मलाई उनीहरूसँग खेल्न मज्जा आउँछ । हामी खेल्दा झगडा गर्दैनाैँ । हामी अनुशासनकाे पालना गरी खेल्छाैँ । मेरा साथीहरूले मलाई पढाइमा पनि सहयाेग गर्छन् । उनीहरूले पढाइमा मैले नजानेका कुराहरू सिकाउँछन् । उनीहरूलाई मेराे सहयोग चाहियो भने पनि म उनीहरूलाई मदत गर्छु । मेरा साथीहरू धेरै रमाइला छन् । मैले मिलनसार र सहयाेगी साथीहरू पाउँदा म निकै खुसी छु ।

0 reads

Published on 9/5/2023

Image

Rajshree Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rajshree Shrestha

Grade 4

Roll No: 32050

15

More Articles from

Student

Underline