underline

इन्द्रजात्रा

Underline

Share:

चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वका रूपमा मान्ने र विभिन्न देवीहरूको पूजाआजा गरी भोज खाएर बाजा बजाएर रमाइलो गर्ने दिनलाई भनिन्छ । नेपाल अनेकतामा एकता भएको एउटा सुन्दर राष्ट्र हो । यहाँ हरेक जातजातिका आआफ्नै चाडपर्व रहेका छन् । त्यस्ता चाडपर्वहरूमा इन्द्रजात्रा एक महत्वपूर्ण नेवारी चाड हो । यो चाडलाई नेवारी भाषामा येँया पुन्हि पनि भन्ने गरिन्छ । हरेक वर्ष इन्द्रजात्रामा लिङ्गाे(ध्वजा) उठाइन्छ । इन्द्रजात्रामा पूजा गरिने रथ तीन वटा हुन्छन् । यसमा कुमारीदेवी, भैरव देउता र गणेश भगवानलाई राख्ने गरिन्छ। रथहरूलाई काठमाडौँको वसन्तपुरबाट असन र नरदेवी अनि अन्य ठाउँहरू घुमाइन्छ । रथहरू तानिने समयमा मानिसहरू नाचगान गर्दै, बाजा बजाउँदै हिँड्ने गर्दछन् । रथको साथमा लाखेकाे नाच नचाइन्छ । यसका साथै यस पर्वमा मिठा परिकारहरू पनि खाने गरिन्छ ।

0 reads

Published on 2/9/2024

Image

Rajshree Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rajshree Shrestha

Grade 4

Roll No: 32050

15

More Articles from

Student

Underline