underline

साँगा भ्रमण

Underline

Share:

म र मेरो परिवारले गएकाे शनिबार साँगा भ्रमण गरेका थियौँ । साँगा एकदम रमणीय स्थान रहेको छ । साँगामा सबैभन्दा ठुलो महादेव भगवानको मूर्ति रहेको छ । त्यस ठाउँबाट डाँडा, हिमाल, पहाडहरू राम्रोसँग देख्न सकिन्छ । त्यहाँबाट काठमाडाैँ उपत्यका पनि देखिन्छ । म त्यो ठाउँमा धेरै रमाएँ । त्यहाँ सफा वातावरण छ । साँगाकाे मन्दिर भित्र पस्न टिकट काट्नु पर्छ । मेरो बुबाले टिकट काट्नुभयो । तर १० बर्ष भन्दा माथिको लागि मात्र टिकट काट्नु पर्ने रहेछ । म चाहिँ सित्तैँमा भित्र छिर्न पाएँ । मैले त्यहाँ राम्रा राम्रा ठाउँहरूकाे फोटोहरू र भिडियोहरू पनि बनाएँ । मैले त्यस ठाउँमा नेपालीहरू मात्र नभई हाम्रो छिमेकी राष्ट्र भारतबाट पनि धेरै पर्यटकहरू भ्रमणका लागि आएको देखेँ । नेपालको पर्यटकीय स्थल साँगा मन्दिर साँच्चैनै सुन्दर रहेको छ ।

0 reads

Published on 12/7/2023

Image

Rajshree Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rajshree Shrestha

Grade 4

Roll No: 32050

15

More Articles from

Student

Underline