मेरो बारेमा
मेरो बारेमा
मेरो नाम शरण्या कारंजित हो । म कक्षा दुईमा पढ्छु । मेरो मन पर्ने रङहरू रातो, निलो, गुलाबी र बैजनी हो । मेरो स्कुलको नाम सिफल स्कुल हो । मेरी साथीकाे नाम मानुषी हो । मेरो मन पर्ने खानेकुरा पिज्जा हो । मलाई चकलेट र आइसक्रिम पनि मिठो लाग्छ । मलाई चित्रमा रङ भर्न मन पर्छ । मेरा दुईजना बहिनीहरू छन् । मेरी एउटी दिदी हुनुहुन्छ । म दिदी र बहिनीसँग खेल्छु । म मेरा बहिनी र दिदीलाई माया गर्छु । मेरो घरमा १० जना सदस्यहरू हुनुहुन्छ । मेरो जन्मदिन जुन १५ मा हो । मेरो मन पर्ने किताब हजुरआमाका राम्रा कुरा हो । मेरो मन पर्ने ठाउँ गठ्ठाघरको भाटभटेनी हो ।
4 reads
Published on 7/8/2026
Sharanya Karanjit is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sharanya Karanjit
Grade 3
Roll No: 36033
10
More Articles from
Student
