पदयात्रा
पदयात्रा
म र मेरा साथीहरूसँग सूर्यविनायकदेखि गुण्डु गएका थियौँ। हामीले विद्यालयमा खाना खाएर यात्रा सुरु गरेका थियौँ। बसमा जाँदा हामीले साथीहरूसँग कुराकानी गर्दै गीत पनि सुन्यौँ। त्यसले यात्रालाई अझ रमाइलो बनायो। त्यहाँ पुगेपछि हामी हिँड्न सुरु गर्यौँ। बिचबिचमा हामीले धेरै फोटो खिच्यौँ। बाटोमा एउटा बिग्रेको हवाईजहाज पनि देख्यौँ। त्यो देखेर हामी निकै उत्साहित भयौँ र त्यहाँ पनि फोटो खिच्यौँ। त्यसपछि हामीले साथमा ल्याएका खाजाहरू एकअर्कासँग बाँड्दै खायौँ। हिँड्दा हामीलाई धेरै मज्जा र रमाइलो भयो। केही समयपछि हाम्रो पदयात्रा सकियो र हामी फेरि विद्यालय फर्कियौँ।
0 reads
Published on 7/22/2026
Sharanya Karanjit is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sharanya Karanjit
Grade 3
Roll No: 36033
12
More Articles from
Student
