underline

मेरो हिउँदे बिदा

Underline

Share:

मेरो हिउँदे बिदा

हिउँदे बिदामा म बिहान फुपूसँग भक्तपुर घुम्न गएँ। त्यहाँ धेरै पुराना मन्दिर र सुन्दर मूर्तिहरू देखेर मलाई धेरै रमाइलो लाग्यो। हामी माटोका भाँडा बनाउने ठाउँमा पनि गयौँ। त्यहाँ एक दिदीले माटो घुमाएर भाँडा बनाएको देख्दा मलाई अचम्म लाग्यो। उहाँले मलाई पनि सानो भाँडा बनाउन सिकाउनुभयो। नयाँ कुरा सिक्दा मलाई धेरै खुसी लाग्यो। अर्को दिन मैले साइकल चलाउन प्रयास गरेँ। सुरुमा मलाई अलि डर लाग्यो र लड्छु कि जस्तो पनि लाग्यो तर हजुरबुबाले मलाई समातेर सहयोग गर्नुभयो। बिस्तारै मैले आफैँ साइकल चलाउन सिकेँ। मैले धेरै पटक अभ्यास गरेँ। साइकल चलाउन साँच्चै रमाइलो हुने रहेछ। बिदाको समयमा माघे सङ्क्रान्ति पनि परेको थियो। मैले परिवारसँग मिलेर माघे सङ्क्रान्ति मनाएँ। यस दिनदेखि दिन लामो र रात छोटो हुन थाल्छ। जाडो हटोस् र सबै स्वस्थ रहून् भनेर तिलको लड्डु, चाकु, तरुल र घिउ खाने चलन छ। त्यस दिन आमाले मिठामिठा खानेकुरा पकाउनुभयो। हामी सबै मिलेर खायौँ र धेरै रमाइलो गर्यौँ। यसरी मेरो हिउँदे बिदा धेरै रमाइलो र खुसीसाथ बित्यो।

0 reads

Published on 7/16/2026

Image

Sharanya Karanjit is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sharanya Karanjit

Grade 3

Roll No: 36033

12

More Articles from

Student

Underline