मलाई मन पर्ने खानेकुरा
मलाई मन पर्ने खानेकुरा
मलाई मन पर्ने खानेकुरा माछा हो । माछा पानीमा बस्छ । यसबाट हामीले प्रोटिन पाउँछौँ । यसले हाम्रो मुटु र दिमाग स्वस्थ बनाउँछ । बजारमा विभिन्न प्रकारका माछा पाइन्छ । जस्तैः ट्राउट, बासा, टुना, साहर आदि । यीमध्ये मलाई सबैभन्दा बढी बासा मन पर्छ । यसमा काँडा हुँदैन । यसकाे काँडा निकालिएको हुन्छ । खाँदा नरम हुने हुँदा मलाई यो एकदम मन पर्छ। मलाई तारेकाे माछा खान मन पर्छ । हाम्रो नेवारी परम्परामा जन्मदिन अथवा अन्य राम्रो अवसरमा सगुन दिँदा अन्डासँग सुकेको माछा दिइन्छ । यसलाई एकदम शुभ मानिन्छ ।
0 reads
Published on 2/18/2026
Aarohi Malakar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarohi Malakar
Grade 4
Roll No: 34005
13
More Articles from
Student