underline

पोखरा भ्रमण

Underline

Share:

हामी छुट्टीमा पोखरा जान बिहान ५ बजे उठ्यौँ । हामीले बस चढ्यौ र पोखराको यात्रातर्फ लाग्यौँ । हामी पोखरा दिउँसो ३ बजे पुग्यौँ । हामी होटलमा सामानहरू राखेर फेवातालमा पुगेर डुङ्गा चढ्यौँ । तालमा हामीले माछा, बकुला र कमलको फूलको पात अनि हिमाल देख्यौँ । डुङ्गा चढ्दा मलाई रमाइलो लाग्यो । डुङ्गाहरू धेरै भएकाले एकआपसमा पानीमा ठोक्किएको मैले देखेँ तर कसैलाई पनि पानीले केही भएन । कोही मानिस पौडी पनि खेलिरहेका मैले देखेँ । दिउँसो गर्मी थियो । मैले बरफ खाएँ । अर्को दिन बिहान उठेर खाजा खायाैँ र शान्ति स्तुपा हामी सबै गयौँ । शान्ति स्तुपा त डाँडामाथि थियो । शान्ति स्तुपा पुग्दा त्यहाँ नबोली लेख्न मिल्ने ठाउँ थियो । मलाई त्यहाँ रमाइलो लाग्यो । त्यसपछि हामी चमेरो गुफा गयौँ । चमेरो गुफाभित्र जाँदा त १ हजार वटा चमेरो देख्न पाइयो । गुफा अलिकति भिजेको थियो । चमेरो गुफा बाहिर निस्कने बाटो धेरै सानो थियो । यसरी मैले पोखरा भ्रमण गरेँ ।

2 reads

Published on 5/18/2026

Image

Aarohi Malakar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarohi Malakar

Grade 5

Roll No: 34005

13

More Articles from

Student

Underline