तिहार
तिहार नेपालीहरूको दोस्रो महान पर्व हो । तिहार पाँच दिनसम्म मनाइन्छ । कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, म्हपूजा र भाइटीका गरी पाँच दिनसम्म तिहार धुमधामसँग मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारमा दियो र झिलिमिली बत्ती बालिन्छ । तिहारमा पटका पड्काइन्छ । रङगोली र मण्डप पनि बनाइन्छ । तिहार हामी सबै परिवार एकै साथमा बसेर खुसियाली पूर्वक मनाउँछौँ । तिहारमा देउसी र भैलाे खेलेर रमाइलो गरिन्छ । तिहार धेरै रमाइलो चाड भएकोले मलाई तिहार मन पर्छ ।
0 reads
Published on 2/1/2023
Riwaan Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Riwaan Shakya
Grade 2
Roll No: 33018
18
More Articles from
Student