मेरो परिवार
मेरो परिवारमा म, दिदी, आमाबुबा, हजुरबा र हजुरआमा बस्छौँ । मेरी आमाको नाम दीपिका थापा हो । मेरो बुबाको नाम पङ्कज पन्त हो । मेरी दिदीको नाम प्रियासा पन्त हो । मेरी हजुरआमाको नाम नरेन्द्रलक्ष्मी पन्त हो । मेरो हजुरबुबाको नाम भद्रकाली पन्त हो । मेरा आमाबुबा बैङ्कमा काम गर्नुहुन्छ । मेरी दिदी कक्षा सातमा पढ्नुहुन्छ । मेरा हजुरआमा र हजुरबुबा घरमा नै बस्नुहुन्छ । मेरो परिवारमा छ जना सदस्यहरू हुनुहुन्छ । म मेरी दिदीसँग खेल्छु । म मेरी आमासँग काम गर्छु । म मेरो बुबासँग घर बाहिर घुम्न जान्छु । म मेरा हजुरबुबा, हजुरआमासँग खेल्छु।
0 reads
Published on 6/29/2024
Anwesha Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Anwesha Pant
Grade 2
Roll No: 35002
17
More Articles from
Student