underline

तिहार

Underline

Share:

तिहार मलाई मन पर्ने पर्व हो । तिहारमा हामी झिलिमिली बत्ती बाल्छौँ । पटका पट्काउँछौँ । रङ्गोली बनाउँछौँ । तिहारमा कागपूजा, लक्ष्मीपूजा र नेवारहरूले म्हपूजा र भाइटीका लगाई यो चाड पाँच दिनसम्म मनाउँछन् । त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ। पहिलो दिन कागतिहार हो । यस दिनमा कागको पूजा गरिन्छ । दोस्रो दिन कुकुर पूजा गरिन्छ । यस दिनलाई कुकुरतिहार भनिन्छ । तेस्रो दिन लक्ष्मीको पूजा गरिन्छ । यस दिनमा घरभरि झिलिमिली बत्ती बालिन्छ। अनि रङ्गोली बनाइन्छ । साँझ देउसी भैलो पनि खेलिन्छ । चौथो दिन नेवारहरूले म्हपूजा गर्छन् । म्हपूजा भनेको आफ्नो शरीरको पूजा गर्नु हो । तिहारको अन्तिम दिन भाइटीका हो । यस दिनमा दिदी र बहिनीहरूले दाजु भाइलाई टीका लगाई फलफूल मिठाई र उपहार दिन्छन् ।

0 reads

Published on 6/24/2025

Image

Praviksha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Praviksha Joshi

Grade 3

Roll No: 35018

15

More Articles from

Student

Underline