पदयात्रा
मेरो विद्यालयको पदयात्रा कार्यक्रम पुस ११ गते शुक्रबार भएको थियो । हामी विद्यालयको बसमा गोकर्णसम्म गयौँ । त्यहाँबाट हिँडेर तारेभिरसम्म जाने योजना थियो। धेरै टाढा भएर नजिकैको गाउँमा बसेर हामीले खाजा खायौँ । हामीलाई माथि उकालाे चढ्न धेरै गाह्रो भयो । मेरो खुट्टा पनि दुखिरहेको थियो। हिँड्दा हिँड्दै गर्मी पनि हुन थाल्यो । तारेभिर पुगेपछि त्यहाँ धेरै रमाइलो भयो । दुखाइ पनि कम भएको महसुस भयो । एकछिन हामी त्यही बसेर चारैतिरको रमाइलो हेर्याैँ । गन्तव्यमा पुगेपछि हामी फेरि फर्कियौँ । हामी बसमा चढेर स्कुलतर्फ लाग्यौँ । स्कुल पुगेर हामीले मःम खायौँ । त्यसपछि हामी घरतर्फ लाग्यौँ ।
2 reads
Published on 5/19/2026
Praviksha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Praviksha Joshi
Grade 4
Roll No: 35018
15
More Articles from
Student
