नेपालको झन्डा
नेपालको झन्डा अरू देशहरूको झन्डा जस्तो चारकुने छैन । यो दुईवटा त्रिकोण आकार मिलेर बनेको छ । नेपाल एकमात्र यस्तो देश हो जसको झन्डा तीनकुने आकारको छ। झन्डाको किनारामा निलो रङ छ भने बिचमा रातो रङ छ । यसमा सेता रङका चन्द्र र सूर्य पनि छन् । माथिको त्रिकोणमा चन्द्र छ र तलको त्रिकोणमा सूर्य छ । नेपालको झन्डा हाम्रो गौरव हो । झन्डाकाे रातो रङले साहस देखाउँछ भने निलो रङले शान्ति देखाउँछ । चन्द्र र सूर्यले नेपाल सधैँ रहिरहोस् भनेर देखाउँछ ।
0 reads
Published on 10/9/2025
Praviksha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Praviksha Joshi
Grade 3
Roll No: 35018
15
More Articles from
Student
