underline

बाबा

Underline

Share:

च्यातिएको लुगा आफू लगाई

मलाई नयाँ लुगा किनिदिने तिमी

आफू भोकै बसी

मलाई टन्न खान दिने तिमी

आफू दुःखी भए पनि

बाहिरबाट खुसी छौ जस्तै देखाउँछौ तिमी

ताते ताते भन्दै हिँड्न सिकायौ

तर तिम्रो आँसु पुस्न कहिल्यै सिकाएनौँ

तिम्रो आँसु झरेको बेला

मेरो मुटु हजारौँ टुक्रामा फुट्छ

तिमी रोएको देख्न म सक्दिनँ

तर औँसीमा तिम्रो लागि एक जोर लुगा पनि किन्न सकिनँ

तिमीलाई थाहा छैन होला तर

तिमी मेरो आँखाको तारा हौ बाबा

तिमी मेरो लागि संसारकै सबैभन्दा राम्रो छौ

तिमी मेरो जिउ ज्यान हौ

तिमी मेरो मुटुको टुक्रा हौ बाबा

तिमी मेरो मुटुको टुक्रा हौ ।

0 reads

Published on 5/21/2026

Image

Radharani Sen is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Radharani Sen

Grade 8

Roll No: 31022

20

More Articles from

Student

Underline