समुदायको महत्त्व
नमस्कार, मेरो नाम राधारानी सेन हो । म कक्षा ५ नुप्सेमा अध्ययन गर्छु। आज म ‘समुदायको महत्त्व’ काे बारेमा भन्दै छु । सुरुमा त हामी समुदायमा मिलेर बस्नुपर्छ । अर्को कुरा हामीले कहिले पनि जातजातिमा विभेद गर्नुहुँदैन । हामी जहिले पनि समुदायमा बस्दा एकअर्कालाई सहयोग गर्नुपर्छ। हामीले समुदायमा भएका वा चलिआएका समस्याहरू समाधान गर्नुपर्छ। हामीले समुदायमा "हामी" भन्ने भावना राख्नुपर्छ।समुदायिक महत्त्वका फाइदाहरू निम्न छन्ः१) हामीलाई परेको बेलामा सहयोग गर्न ,२) व्यापार, व्यवसाय र खेतीपाती गर्न , ३) बाटोघाटो खन्न वा बनाउन ,४) विद्यालय भवन बनाउन ,५ वृक्षारोपण गर्नसामुदायिक कार्य गर्दा निम्न लिखित फाइदाहरू हुन्छः१) समुदायका मानिसमा ज्ञान, सिप र क्षमता बढ्छ ।२) समुदायमा आपसी सहयोग, मेलमिलाप, प्रेमभाव र एकता बढ्छ ।३) समुदाय र समाजमा शान्ति छाउने, विकास कार्य अघि बढाउन सजिलो हुन्छ ।समुदायमा फोहोर व्यवस्थापन भएकाे छैन भने समुदायको नेतालाई खबर गर्नुपर्छ। अर्को कुरा समुदायमा त्यस्तै कुनै झगडा भइरहेको छ भने नेता वा मुखियालाई खबर गरेर र समुदायका सबै मानिस मिलेर झगडाकाे समाधान गर्नुपर्छ ।
0 reads
Published on 6/27/2023
Radharani Sen is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Radharani Sen
Grade 5
Roll No: 31022
20
More Articles from
Student