underline

बाल अधिकार

Underline

Share:

बाल अधिकार बालबालिकाहरूकाे जन्मसिद्ध अधिकार हाे ।बाल बालिकाले आफ्नाे हक र अधिकार पाउनुपर्छ भनेर संविधानमा नै उल्लेख गरिएकाे छ । जसले नाबालिगहरूलाई दिएकाे विशेष संरक्षण र हेरचाहकाे अधिकारलाई जनाउँछ ।१८ वर्षभन्दा मुनिका केटाकेटीहरूलाई बालबालिका भनिन्छ ।आजका बालबालिका भनेका भाेलि देशका कर्णधार हुन् । यी बालबालिका बाल अधिकारबाट वञ्चित छन् । उनीहरूले आमाकाे न्यानाे काखमा बस्न पाउनुपर्छ । पढ्न पाउनुपर्छ । बिरामी हुँदा स्वास्थ्य उपचार पाउनुपर्छ तर कतिपय बाल बालिकाहरूले पढ्न,लेख्न पाएका छैनन् । बिरामी हुँदा उपचार पाएका छैनन् । सानै उमेरमा कठिन काम गर्नुपरेकाे छ । उनीहरूले हाेटेलमा भाँडा माझेका हुन्छन् । इटा बाेकेका हुन्छन् ।अरूकाे घरमा बसेर काम गरेका हुन्छन् ।बाल बालिकालाई कठिन काममा लगाउने व्यक्तिलाई कडा कारवाही गर्नुपर्छ । सबै बाल बालिकाहरूले समान हक र अधिकार पाउनुपर्छ । सबै बाल बालिकाहरूले शिक्षा, स्वास्थ्य र मनाेरञ्जन पाउनुपर्छ ।

0 reads

Published on 6/2/2023

Image

Abiska Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abiska Giri

Grade 5

Roll No: 31054

15

More Articles from

Student

Underline