दसैँ बिदा
म मेराे दसैँ बिदामा झापा गएँ । म हवाइजहाजबाट झापा गएकी हुँ । हवाइजहाजबाट हिमाल, बादल देख्दा मलाई रमाइलाे लाग्याे । म झापा गएपछि घरका आफन्तहरूसँग भेटघाट गरेँ । गाैरादह बजार र धरान घुम्न जाँदा मलाई एकदमै रमाइलाे लाग्याे । म धरानदेखि भेडेटार घुम्न गएँ । मैले त्यहाँबाट हिमाल र पहाड देखेँ । हामी त्याे दिन भेडेटारकाे एउटा हाेटलमा बस्याैँ । म झापाकाे दमकमा लागेकाे मेलामा गएँ । मेलामा नाचगान, व्यापार , व्यावसाय चलेकाे थियाे । मैले त्यहाँ खानेकुरा र खेल्नेकुरा किनेँ । म मेलामा बुबाआमासँग गएकी थिएँ । झापा मेराे गाउँ हाे । झापामा मेरा बुबाआमा बस्नुहुन्छ त्यसैले म दसैँमा टीका लगाउन झापा गएकी थिएँ । झापामा केही समय डुल्ने घुम्ने गर्दागर्दै काठमाडाैँ फर्कने समय आइपुग्न लागेकाे थियाे । काठमाडाैँ फर्कने अघिल्लाे दिन म बुबाआमासँग खेतमा गएँ । खेतमा हरियाली थियाे । खेतैभरि धानका बाला झुलेका थिए । मेराे झापा बसाइँ एकदमै रमाइलाे भयाे ।
0 reads
Published on 2/29/2024
Abiska Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Abiska Giri
Grade 5
Roll No: 31054
15
More Articles from
Student
