underline

फुटपाथ व्यापारीः आमा

Underline

Share:

नेपालको ठुलो सहर काठमाडौँ

मेरा दुई छोरी र म

एउटा सानो कोठा अनि सानो खुट्टे खाट

एउटा ग्यास र थोरै भाँडाकुँडा छरपस्ट परेका

साँझ झमक्क परिसक्यो

छोरीहरू भोकले निन्याउरा भइसके

दाल चामल किनेर लग्नुपर्ने

बेसार र नुन पनि सकिएको थियो

त्यसैले एक घण्टा पहिले कोठाबाट निस्किएँ

बाटोको छेउमा मकै पोल्दै थिएँ

हरिया कपडा लगाएका मानिसको हुल आयो

मकै दाउरा सबै गाडीमा हालेर लग्यो

म केही बोल्न सकिनँ

आँखाबाट बलिन्द्र धारा आँसु खसेछ

अब के गर्ने के खुवाउने छोरीहरूलाई

अलमलमा परेँ म

कोठाको अवस्था सम्झे झन् आँसु खस्थ्यो

कसलाई गुहार्ने ।

5 reads

Published on 5/25/2026

Image

Abiska Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abiska Giri

Grade 8

Roll No: 31054

15

More Articles from

Student

Underline