मेरो साथी
मेरो साथीको नाम रित्भिक भण्डारी हो । अहिले ऊ नाै वर्षको भयो । रित्भिकलाई मःम खान मन पर्छ । उसलाई फलफूलमध्येमा खरबुजा मन पर्छ । रित्भिकलाई घुमघाम गर्न बढी मन पर्छ । उसलाई सबैभन्दा बढी मन पर्ने ठाउँ भृकुटीमण्डप हो । उसलाई हरियो रङ मन पर्छ र उसलाई रङ्गीचङ्गी कपडा मन पर्छ । रित्भिकलाई भकुण्डो खेल मन पर्छ । उसलाई गीत सुन्न पनि मन पर्छ । हामीसँगै सिफल स्कुलमा एउटै कक्षामा पढ्छाैँ । रित्भिकलाई पौडी खेल्न पनि मन पर्छ । उसलाई कुकुर पालेको मन पर्छ । ऊ ठुलो भएर डाक्टर बन्न चाहन्छ ।
0 reads
Published on 8/25/2022
Bidhan Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bidhan Bista
Grade 4
Roll No: 31007
11
More Articles from
Student