underline

वाष्प इन्जिन ( कथा समीक्षा)

Underline

Share:

परिचययो कथा बाल कथा हो। यस पुस्तकको लेखक तारानिधि भट्टराई हुन् । शिखा पुस्तकले प्रकाशन गरेको याे पुस्तकमा तस्बिर प्रज्वल थापा मगरले बनाएका हुन् ।वाष्प इन्जिन कथासङ्ग्रह पुस्तककाे नाम यसै कथाबाट राखिएकाे छ ।कथावस्तुबिहान राहुलकी आमा काममा जाँदा आलु उमालेर हिटर हालेर काममा गइन् । आलु बिर्कोले छोपिएको थियो। आमाले राहुललाई भाेक लागेकाे बेलामा स्वीच अन गरेकाे पन्ध्र मिनेटपछि बन्द गरेर खानु भनेर छाेडेकी थिइन् । भाेक लागेपछि राहुलले बटन अन गर्याे तर एकछिन पछि बिर्को उचालिने र थचारिने गर्न थाल्याे । त्यसपछि उनी डराएर निनामको घरमा गएर उनलाई बोलाए । निनामले कराइमा मुसाे हाेला भन्ने अनुमान लगाए। बिर्काे भित्र केही पनि थिएन । उनीहरूले बैठकमा बसेर आलु खान थाल्छन् । आलुका बाेक्रा पङ्खाले उडाएकाे देखेर कराइकाे बिर्काे पनि हावाले उचालेकाे कुरा उनीहरूले पत्ता लगाए । उनीहरूले कराइमा आलु राखेर फेरि स्विच अन गरेर प्रमाणित पनि गरे । जब आमा आउनुभयाे उनीहरूले दिनभरिका सारा कुरा भने । आमाले पनि डिजेल,पेट्राेल नआउँदा वाफबाट रेल, पानीजहाज चलाइन्थे भनेर सुनाउनुभयाे । उनीहरू पनि आफूहरूले नयाँ कुरा आफैँ पत्ता लगाएकामा मख्ख परे।परिवेशवाष्प इन्जिन कथामा राहुल र निनामकाे गाउँ,उनीहरूका घर, आमाकाे मेला जाने ठाउँ, राहुलकाे बैठककाेठा,भान्छाकाेठा परिवेशका रूपमा आएका छन् ।सिफारिसयाे कथामा राहुल र निनामले हावामा शक्ति हुन्छ भन्ने कुरा पत्ता लगाउँदै गर्दा आएका राेचक प्रसङ्गले गर्दा कथावस्तु आकर्षित बनेकाे छ । त्यसैले सबैलाई याे कथा पढ्न सिफारिस गर्दछु ।

0 reads

Published on 2/18/2022

Image

Sakshi Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sakshi Singh

Grade 5

Roll No: 29027

20

More Articles from

Student

Underline