underline

भानुजयन्ती

Underline

Share:

भानुभक्त जन्मिएकाे दिन भानुजयन्ती हाे । याे असार २९ गते पर्छ । नेपालका आदीकविका रूपमा भानुभक्त परिचित छन् । संस्कृतमा रचना गरिएकाे रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषाकाे विकासमा भानुभक्तकाे ठुलाे भूमिका रहेकाे छ ।भानुजयन्तीमा हाम्राे विद्यालयमा विभिन्न साहित्यिक कार्यक्रमहरू हुन्छन् । यस पटककाे भानुजयन्तीमा हाम्राे विद्यालयमा अनलाईनमा नै कविता वाचन कार्यक्रम भयाे। हामीहरू सबै कक्षाका विद्यार्थीहरू सहभागी भएर फरकफरक कविका कविता वाचन गर्याैँ । हाम्रा कतिपय साथीहरूले आफैँ कविता पनि रचना गरेर सुनाउनुभयाे । नेपाली गुरुआमाले भानुभक्तले रचना गरेकाे कान्तिपुरी नगरी भन्ने कविता वाचन गरेर सुनाउनुभयाे ।यसरी हामीले भानुजयन्ती भानुभक्तकाे सम्झनामा हर्षाेल्लाससँग मनायाैँ ।

0 reads

Published on 11/26/2021

Image

Sakshi Singh is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sakshi Singh

Grade 5

Roll No: 29027

20

More Articles from

Student

Underline