underline

झमक कुमारी घिमिरे

Underline

Share:

नेपाली साहित्यमा झमक कुमारी घिमिरे एउटा यस्तो नाम हो नि, जसको बारेमा सुन्दा जोसुकैको पनि मन रुन्छ। उहाँको जीवनको कथा कुनै फिल्मको भन्दा कम छैन के। वि.सं. २०३७ साल असार २१ गते धनकुटाको कचिडे भन्ने सानो गाउँमा उहाँ जन्मनुभएको हो। तर विडम्बना के भयो भने, जन्मिदै उहाँलाई सेरेब्रल पाल्सी भन्ने गम्भीर रोग लाग्यो। यो रोगले गर्दा उहाँको शरीरको कुनै पनि अङ्ग चल्दैनथ्यो। उहाँ न त बोल्न सक्नुहुन्थ्यो, न त हातखुट्टा नै हल्लाउन मिल्थ्यो। त्यतिबेलाको हाम्रो पुरानो समाजमा त झन् अपाङ्गता भएका मानिसलाई एकदमै बोझ मानिन्थ्यो। पूर्वजन्मको पाप हो सम्म भन्थे। त्यसैले विचरा झमकले स्कुल गएर पढ्ने मौका त सपना जस्तै भयो। तर उहाँ भित्र एउटा यस्तो कडा हिम्मत थियो नि, जसलाई कसैले पनि दबाउन सकेन।

स्कुल जान नपाए पनि उहाँको पढ्ने रहर कति कडा थियो भने, घरमा भाइबहिनीले पढेको हेरेरै उहाँले आँखाले सार्दै अक्षर चिन्नुभयो। हात नचलेपछि के गर्ने त? उहाँले देब्रे खुट्टाका औंलाहरू प्रयोग गर्न थाल्नुभयो। खुट्टाका औंलाले कोइला अनि सिन्का च्यापेर धूलो भुइँमा अक्षर कोर्नु भनेको त सोच्दा पनि आङ जिरिङ्ग हुन्छ। लेख्दालेख्दै खुट्टाका औंलाबाट रगत बग्थ्यो, धेरै चोट लाग्थ्यो, तैपनि उहाँले कहिल्यै आश मारिहाल्नुभएन। जसको मुखबाट एउटा शब्द निस्किँदैनथ्यो, उनैले खुट्टाको औंलाको भरमा आफ्नो बलियो आवाज संसारभरि सुनाएरै छोड्नुभयो।

उहाँको जीवनकै सबैभन्दा ठूलो र सफल काम भनेको 'जीवन काँडा कि फूल' भन्ने आत्मकथा किताब हो। यो किताबमा झमकले आफूले सानोमा भोगेका ती सबै दुःख, रोदन र समाजले गरेको नराम्रो व्यवहारलाई एकदमै मार्मिक रूपमा लेख्नुभएको छ। यो किताब नेपालमा यति धेरै बिक्री भयो र मन पराइयो कि उहाँले वि.सं. २०६७ सालको सबैभन्दा ठूलो मदन पुरस्कार पाउनुभयो। यो पुरस्कार पाउनु उहाँको मात्र होइन, पूरै नेपाली साहित्यकै एउटा ठूलो इतिहास हो।

साँच्चै भन्ने हो भने, आज झमक कुमारी घिमिरे एउटा लेखक मात्र हुनुहुन्न के। उहाँ त हरेक निराश भएका मानिसहरूको लागि एउटा ठूलो बाँच्ने आधार हुनुहुन्छ। उहाँले धेरै कविता र निबन्धहरू पनि लेखेर हाम्रो साहित्यलाई धनी बनाउनुभएको छ। उहाँको यही ठूलो गुनको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि पनि दिइयो। झमकको जीवनबाट हामीले सिक्ने भनेकै यही हो— यदि मनमा साँचो हिम्मत र इच्छा छ भने नि, संसारको कुनै पनि कमजोरीले तपाईंको सफलताको बाटो रोक्न सक्दैन।

धन्यवाद!!!

4 reads

Published on 10/7/2026

Image

Prapya enjoys reading a variety of storybooks.

Prapya Mishra

Grade 7

Roll No: 32049

9

More Articles from

Student

Underline