पैदलयात्रा
पैदलयात्रा
फागुन ८ गते हाम्राे विद्यालयबाट एक रमाइलाे पैदल यात्रा कार्यक्रम आयाेजना गरिएकाे थियाे । त्याे दिन हामी सबै विद्यार्थीहरू धेरै उत्साहित थियाैँ । बिहान करिब ९ः३बजे हामी स्कुलमै आफ्नाे भाग खाना खायाैँ । त्यसपछि करिब १० बजे हामी विद्यालयकाे बसमा चढेर हाम्राे यात्रातर्फ लाग्याैँ । हाम्राे गन्तव्य स्थान फर्पिङ थियाे । हामीलाई लैजानका लागि दुईवटा सवारी साधन तयार थिए । म बसमा चढेँ । बसमा यात्रा गर्दा हामीलाई धेरै रमाइलाे भयाे । हामीले गीत गायाैँ ,गीत सुन्याेँ, खानेकुरा तथा खाजा खायाैा । साथीहरूसँग हाँस्दै खेल्दै समय बितायाैँ । म मेराे साथी एराेन सिंहसँग बसेकाे थिएँ । फर्पिङ पुग्न करिब डेढ घण्टा लाग्याे । हामीलाई करिब डेढ घण्टा लाग्याे र हामी ११ः३० बजे त्यहाँ पुग्याैँ । त्यसपछि हाम्राे यात्रा सुरू भयाे । करिब एक घण्टा हिँडेपछि हामी भुन्डाेल भन्ने ठाउँमा पुग्याैँ । जुन हाम्राे मुख्य गन्तव्य थियाे । त्यहाँ पुगेपछि हामीले समूह बनाएर पिकनिक जस्तै गर्याैँ । मेराे समूहमा म,अर्नेश ,सुवासिस,सुदिप र हृधान पाैड्याल थियाैँ । मैले दुई प्याकेट चाउचाउ,चिप्स,कुरकुरे,आलुकाे अचार र पुरी लगेकाे थिएँ । हामी सबै मिलेर ती खानेकुरा खायनैा । खाजा खाइसकेपछि हामिले आइस एण्ड वाटर,फ्रिस्बि र अन्य खेलहरू खेल्याेा । त्याे समय निकै रमाइलाे र सम्झनलायक थियाे । करिब एब घण्टापछि रमाइलाे गर्याैँ र तल फर्पिङतिर फर्कियाैँ । फर्कँदा म बसकाे दाेस्राे अन्तिम सिटमा बसेकाे थिएँ । बसमा पनि हामी चिप्स खाँदै र कुरा गर्दै यात्रा गर्याैँ । याे पैदल यात्रा मेराे लागि धेरै रमाइलाे अनुभव बन्याे । मैले साथीहरूसँग धेरै खुसीका पलहरू बिताएँ । त्याे दिनकाे सम्झना सधैँ मेराे मनमा रहने छ ।
2 reads
Published on 3/3/2026
Prapya enjoys reading a variety of storybooks.
Prapya Mishra
Grade 6
Roll No: 32049
5