शीर्षक - खानेकुरा
पात्रहरू:
प्राप्य - वेदान्तको साथी
वेदान्त - प्राप्यको साथी
स्थान: विद्यालयको खेलमैदान
(दुवै साथीहरू खेलमैदानको कुनामा भेटिन्छन्। पृष्ठभूमिमा अरू विद्यार्थीहरू खेलिरहेका छन्। हल्का हावा चलिरहेको छ।)
प्राप्य: (मुस्कुराउँदै) नमस्ते वेदान्त, के छ त हालखबर?
वेदान्त: नमस्ते प्राप्य, ठिकै छ। तिमीलाई भने के छ?
प्राप्य: मलाई पनि ठिकै छ। तर आज मलाई एउटा कुरा सोध्नु छ — तिमीलाई सबैभन्दा मनपर्ने खानेकुरा के हो?
वेदान्त: (सोच्दै) अं… मलाई त धेरै खानेकुरा मनपर्छ।
प्राप्य: त्यसमा पनि एउटा त भन्नै पर्छ नि।
वेदान्त: म… म… ढिँडो!
प्राप्य: (खुसी हुँदै) अरे, मलाई पनि ढिँडो मन पर्छ। कहिले बनाउने सिकाउँछौ त?
वेदान्त: (अलमलिँदै) अं… अं… मलाई बनाउने त खासै आउँदैन।
प्राप्य: (हाँस्दै) ल, मन त सबैको हुन्छ, बनाउन भने थोरैले आउँछ।
वेदान्त: हैन, तिमी ठट्टा गर्छौ है?
प्राप्य: होइन, गम्भीर छु।
वेदान्त: ल, सुन्न चाहन्छु तिम्रो कुरा।
प्राप्य: मलाई नेपाली परिकार धेरै मनपर्छ, ढिँडो त त्यसको राजा जस्तो हो।
वेदान्त: (मुट्ठी कसेर) हो नि, सही भन्यौ।
प्राप्य: अब तिमीले ढिँडो बनाउन सिक्यौ भने, म तिमीलाई १० मिनेटमै बनाउन चुनौती दिन्छु।
वेदान्त: (हाँस्दै) ठिक छ, म पनि तिमीलाई नेपाली परिकार बनाउन सिकाउँछु।
प्राप्य: बल्ल बुझ्यौ है। अनि अर्को पटक एउटा विशेष नेपाली खाना बनाउने दिन राखौँला।
(दुवै हाँस्छन् र कक्षातर्फ हिँड्न लाग्छन्।)
वेदान्त: ल, अब कक्षामा जाऔँ, नत्र गुरुमाबाट गाली खानुपर्ला।
प्राप्य: ठिक छ, जाऔँ।
(दुवै कक्षातर्फ लाग्छन्।)
धन्यवाद!!!
0 reads
Published on 10/10/2025
Prapya enjoys reading a variety of storybooks.
Prapya Mishra
Grade 6
Roll No: 32049
4
More Articles from
Student