underline

मेराे देश

Underline

Share:

मेराे देश

नेपाल एसिया महादेशमा अवस्थित सुन्दर प्राकृतिक सम्पदाले भरिएकाे पहाडी,हिमाली र तराई क्षेत्रसमेत भएकाे देश हाे । यसकाे क्षेत्रफल १,४७,५१६ वर्ग किलाेमिटर छ । सगरमाथा,लुम्बिनी,हरियाली नदीनाला र सांस्कृतिक धराेहरहरूले नेपाललाई विश्वमा पहिचान दिएका छन् । नेपाललाई जलस्राेतकाे हिसाबले पनि धनी मानिन्छ । नेपालका धेरैजसाे क्षेत्रमा पानीकाे स्राेत पाइन्छ । हामीले हाम्राे देशलाई असाध्यै माया गर्छाैँ ।

नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक देश हाे । यहाँका विभिन्न जातजति, भाषा,संस्कृति आदिले नेपाललाई समृद्ध बनाएका छन् । सबै नेपालीहरूबिच एकता,सद्भाव र आपसी सम्मान कायम हुनाले विविधतामा एकता नै नेपालीहरूकाे मुख्य पहिचान हाे । नेपालमा मनाइने चाडपर्व,मेलापर्व र परम्पराहरूले मानिसलाई अझ नजिक बनाउँछन् । एकअर्काकाे संस्कृति र परम्परालाई सम्मान गर्दै अघि बढ्नु नै हाम्राे देशकाे मुख्य विशेषता हाे ।

हामीले हाम्राे देशलाई अझ विकसित र समृद्ध बनाउन शिक्षा , स्वास्थ्य,वातावरण संरक्षण ,अनुशासन र इमानदारीलाई प्राथमिकता दिनुपर्छ । प्रत्येक नागरिकले आफ्नाे कर्तव्य निष्ठापूर्वक पूरा गरे मात्र नेपाल उज्ज्वल र समृद्ध बन्न सक्छ । युवा विद्यार्थी र सबै नागरिककाे सक्रिय सहभागिताले नेपाललाई भविष्यमा अझ प्रगतिशील,सुरक्षित र खुसीले भरिएकाे देश बनाउन महत्त्वपूर्ण याेगदान रहन्छ ।

1 reads

Published on 3/18/2026

Image

Prapya enjoys reading a variety of storybooks.

Prapya Mishra

Grade 6

Roll No: 32049

6

More Articles from

Student

Underline