बालश्रम
बच्चाहरू सधैँ निर्दाेष हुन्छन् र फूलका काेपिलाजस्तै हुन्छन् । खेल्ने, गाउने, सिक्ने, खान पाउने , माया पाउने आदि बालबालिकाका स्वाभाविक अधिकारहरू हुन् । जब बालबालिका यी सुविधाहरूबाट वञ्चित हुन्छन् तब जीविकाेपार्जनका लागि उनीहरू कडा परिश्रम गर्न थाल्छन् । बालबालिकाहरू कृषि,घरेलु काम, व्यापार, निर्माण कार्य, कारखाना ,यातायातलगायत काममा संलग्न हुन्छन् । बालश्रमकाे मुख्य कारण गरिबी हाे । बालबालिकाहरू परिवारकमाे आम्दानीका लागि पनि श्रम गर्ने गरेका छन् । पारिवारिक कलह र अभिभावककाे उचित स्नेहकाे कमीले पनि बालबालिकाहरू श्रमममा सामेल हुन्छन् । निरक्षरता र जातीय भेदभाव पनि बाल श्रमका सम्भावित कारणहरू हुन् ।
त
यद्यपि,धेरै राष्ट्रिय र अन्तराष्ट्रिय एजेन्सीहरूले बाल श्रम र अन्तर्राष्ट्रिय एजेन्सीहरूले बाल श्रम समाप्त गर्न आफ्ना प्रयासहरू सक्रिय रुपमा गरिरहेका छन् । मानिसहरूलाई जागरूक बनाएर र पर्याप्त अवसरहरू प्रदान गरेर बाल श्रम हटाउन सकिन्छ ।
१८ वर्षभन्दा कम उमेरका केटाकेटीका समूहलाई बालबालिका भनिन्छ । बालबालिकालाई काम गराउने कार्यलाई बालश्रम भनिन्छ । बालबालिकाकाे अधिकारमा दखल पुग्ने कार्यलाई बाल श्रक भनिन्छ । संसारभरि नै बालश्रम कानुन विपरीत मानिएकाे छ । बालश्रम बालबालिकाकाे विकासकाे बाधक हुन्छ । बालबालिकाकाे भविष्यकाे लागि बालश्रम संसारबाट नै हटाउनु पर्दछ ।
0 reads
Published on 12/1/2025
Prapya enjoys reading a variety of storybooks.
Prapya Mishra
Grade 6
Roll No: 32049
4
More Articles from
Student