आफ्नाे बारेमा
परिवार मेरो नाम अनाया पराजुली हाे । म ज्ञानी केटी हुँ । म छ वर्षकी भएँ । म रातोपुलमा बस्छु । मेरो परिवारमा छ जना सदस्य हुनुहुन्छ । मेराे घरमा बुबा, आमा, हजुरबुबा, हजुरआमा, दाजु र म बस्छाैँ । मेरो हजुरबुबा र हजुरआमा घरमै बस्नुहुन्छ । मेरो बुबा औषधी विज्ञ हो । मेरी आमा शिक्षिका हुनुहुन्छ । मेरा काकाकाकी पनि हुनुहुन्छ । उहाँहरू अस्ट्रेलियामा बस्नुहुन्छ । म र मेरो दादा सिफल स्कुलमा पढ्छाैँ । म कक्षा दुईमा पढ्छु । मेरो दाइ कक्षा तीनमा पढ्नुहुन्छ । मेरो दाइलाई गाडी खेल्न मन पर्छ । मलाई पुतली खेल्न मन पर्छ । मलाई जामा लगाउन मन पर्छ । हामी दाजु बहिनी स्कुलबाट घर आएपछि सँगै खेल्छौँ मलाई टिभी हेर्न रमाइलो लाग्छ ।
0 reads
Published on 6/6/2023
Anaya Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Anaya Parajuli
Grade 2
Roll No: 34043
18
More Articles from
Student