underline

कक्षा तीनको पहिलो मासिक पुस्तक

Underline

Share:

मेरो कक्षा तीनको पहिलो मासिक पुस्तक कान्छो नातिको उपहार हो। कान्छो नातिको उपहार पुस्तकका लेखक गङ्गादेवी कसजू हुनुहुन्छ। यस पुस्तकमा चित्र कोर्ने चित्रकार प्रेम लम्साल हुनुहुन्छ। यस पुस्तकलाई बालसंसार प्रा.लिले प्रकाशन गरेको हो। यस पुस्तकमा २० पृष्ठहरू रहेका छन् । यस चित्रकथामा हजुरआमाको जन्मदिन परेको हुन्छ। सबैजना मिलेर बैठक कोठा चिटिक्क पार्छन् । सबैजनाले उपहार पनि तयार पार्छन् । हजुरआमालाई सबैभन्दा बढी कान्छो नातिले दिएकाे सियाेमा धागाे छिराउने (निडल थ्रेडर) उपहार राम्रो लाग्छ किनभने हजुरआमालाई सधैँ सियाेमा धागाे हाल्न समस्या हुने गर्दथ्याे । यो पुस्तक पढेर मलाई रमाइलो लाग्यो।

0 reads

Published on 11/23/2024

Image

Anaya Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Anaya Parajuli

Grade 3

Roll No: 34043

18

More Articles from

Student

Underline