माघे सङ्क्रान्ति
माघे सङ्क्रान्ति
माघे सङ्क्रान्ति माघ महिनाको पहिलो दिन मनाइने चाड हो । माघे सङ्क्रान्ति नेपालमा बस्ने मानिसहरूले मनाउँछन् । यो चाड विशेष गरी नेपालको तराई, पहाडी क्षेत्रमा ठुलो उत्साहका साथ मनाइन्छ । थारु समुदायमा यस चाडलाई ‘माघी’ चाड भनेर मनाइन्छ । थारु जातिले यस पर्वलाई नयाँ वर्षको रूपमा मनाउँछन् । यस चाडमा थारु समुदायले अनिवार्य रूपमा चामलको पिठोबाट ढिकिरी बनाएर खान्छन् । यस चाडमा घिउ, चाकु, तिलको लड्डु, तरुल, सेल, सखरखण्ड, खिचडी जस्ता खानेकुरा खान्छौँ । यी खानेकुराले हाम्रो शरीरलाई स्वस्थ राख्छ । यस दिन मानिसहरू नदी कुण्ड र तीर्थस्थानमा गई स्नान गर्दछन् । यस दिन स्नान र दान गर्नाले पुण्य प्राप्त हुन्छ र पाप नाश हुन्छ भन्ने भनाइ छ ।
1 reads
Published on 6/8/2026
Anaya Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Anaya Parajuli
Grade 5
Roll No: 34043
18
More Articles from
Student