चाडपर्व
चाडपर्व
चाडपर्व भनेको विशेष अवसरमा मनाइने उत्सव हो । चाडपर्वका वेला देवीदेवताको पूजा आराधना गरिन्छ, मिठा मिठा परिकार बनाइन्छ र आफन्त तथा साथीभाइसँग खुसी साटासाट गरिन्छ । नेपाल विभिन्न जातजाति, भाषा र संस्कृतिका मानिसहरू बसोबास गर्ने देश भएकाले यहाँ आआफ्नै परम्परा अनुसार विभिन्न चाडपर्व मनाइन्छन् । बाजागाजा, सांस्कृतिक पोसाक र परम्परागत खानाका कारण चाडपर्व अझ रमाइलो र आकर्षक बन्छ। चाडपर्वले सबैमा खुसी, उत्साह र आपसी सद्भाव बढाउँछ । धेरैजसो चाडपर्वका अवसरमा विद्यालय र कार्यालयमा बिदा हुने भएकाले दैनिक कामबाट केही विश्राम पनि मिल्छ । यस अवसरमा आफन्त र साथीभाइसँग भेटघाट हुने भएकाले सम्बन्ध अझ बलियो बन्छ । चाडपर्वले हाम्रो संस्कृति र परम्पराको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले हामीले सबै चाडपर्वलाई आपसी सम्मान, सद्भाव र मिलिजुली मनाउनुपर्छ ।
1 reads
Published on 9/28/2026
Nityansha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Nityansha Shrestha
Grade 3
Roll No: 36021
15
More Articles from
Student
