underline

पुस्तक समीक्षा “कमलीको मन”

Underline

Share:

पुस्तकको परिचय

“कमलीको मन” कथाका लेखक जितेन्द्र बस्नेत हुनुहुन्छ भने यस पुस्तकमा चित्र कोर्ने काम विनिता बुद्धाचार्यबाट भएको हो। यस पुस्तकको प्रकाशक काठमाडौँ पब्लिकेशन हो। यस पुस्तकमा जम्मा ४० पृष्ठहरु छन्।

कथावस्तु

“कमलीको मन” कथाको सुरुवात एउटा विद्यालयबाट भएको थियो। विद्यार्थी त्यो वर्ष पहिलो चोटी विद्यालय आएका थिए किनभने कोरोना भाइरस चलिरहेको थियो। सबै जना कक्षामा पढिरहेका थिए। गुरुआमाले कोरोना भाइरसको बारेमा कक्षामा बताइरहनु भएको थियो। खाजा खाने समय भयो। विद्यालयको बाहिर एउटी दिदीले भुजिया र दालमोठ बेचिरहनुभएको थियो। कमली पनि आफ्ना साथीहरूसँग गट्टी खेलिरहेकी थिइन्।

अर्को दिन, झरी परिरहेको थियो। कमली आफ्नो घरबाट भाग्दै एउटा नदीमा पुगिन्। कमलीको मिल्ने साथी निर्मला अहिले कोरोनाभाइरसका कारण छुटिएका थिए। कमलीले एउटा कागजमा निर्मलालाई चिठी लेखेर पानीमा बगाइदिइ र उनी आफ्नो घर फर्की।

त्यो वर्षको दसैँमा उनीहरूको घरमा जुठो परेका कारणले त्यस घरमा दसैँ नहुने भएको थियो। कमलीलाई दिक्क लाग्यो किनभने उसको खुत्रुके पनि खाली हुने भएको थियो। केही पैसा पाइँदैन भनेर दिक्क मानिरहेकी थिइन्। उनको सपनामा पनि यही नै आयो ।

एक दिन कमलीले एउटा सपना देखिन् | त्यो सपना देख्दा उनलाई धेरै रमाइलो लाग्यो। एक दिन अचानक कमलीकी आमा बिरामी परिन्। उनलाई अस्पताल लगियो। अस्पतालमा थाहा भयो कि उनकी आमालाई कोभिड भएको रहेछ। अनि केही दिनपछि कमलीकी आमालाई ठिक हुन थाल्यो। उनी हरेक दिन विद्यालय जान थालिन्।

असल पात्रहरू

यस कथाकी असल पात्र कमली हुन् |

निष्कर्ष

“कमलीको मन” कथा एउटा सरल र रोचक बालकथा हो। यस कथाले कमलीको भावना, सोचाइ र जीवनका अनुभवहरूलाई राम्रोसँग प्रस्तुत गरेको छ। कथाबाट हामीले माया, सहयोग, समझदारी, सम्मान र राम्रो व्यवहारको महत्त्व बुझ्न सक्छौँ। यस पुस्तकले बालबालिकालाई अरूको भावना बुझ्न र कठिन परिस्थितिमा पनि सकारात्मक सोच राख्न प्रेरणा दिन्छ। त्यसैले “कमलीको मन” कथा मनोरञ्जनसँगै राम्रो शिक्षा दिने उपयोगी पुस्तक हो।

1 reads

Published on 9/2/2026

Image

Ujjwol Dhakal is s student at Derrwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Ujjwol Dhakal

Grade 6

Roll No: 33023

7

More Articles from

Student

Underline