कृषि पेसामा प्रयोग हुने सामग्रीहरू
मलाई मन पर्ने पेसा कृषि हो । कृषि भनेको खेतीपाती र पशुजन्य उत्पादन गर्नु हो । हाम्रो समाजको सबैभन्दा पुरानो पेसा नै कृषि हो। हाम्रो देश नेपाल एक कृषिप्रधान देश हो । नेपालका धेरै मानिसहरू कृषि पेसामा आबद्ध छन् । मानिसले आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने सबै खाद्यान्नहरू कृषिबाट प्राप्त गर्दछन् । जस्तैः धान, मकै, कोदो, फलफूल, दुध, फापर, माछा, मासु आदि । कृषि पेसामा काम गर्ने व्यक्तिलाई कृषक भनिन्छ । कृषि पेसामा प्रयोग हुने औजारहरू धेरै छन् । जस्तैः हलो, डोको, कोदाली, हँसिया, हथौडा, कोदालो आदि । कृषि पेसामा प्रयोग हुने औजार मध्ये हलो पनि एक प्रमुख औजार हो । यसको प्रयोग जमिन जोत्नको लागि र बिउ छर्नुभन्दा पहिले जमिन आवश्यक तयारी गर्नका लागि गरिन्छ। हलो काठबाट बनाइएको औजार हो ।
0 reads
Published on 11/14/2025
Ujjwol Dhakal is s student at Derrwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Ujjwol Dhakal
Grade 5
Roll No: 33023
2
More Articles from
Student